रुसमा सफलता चुम्दै दाङका सन्देश



काठमाडौँ। दाङ जिल्लामा जन्मिएका सन्देश लम्साल हाल रुसमा छन् । सन् २०५१ साल भाद्र १ गते ( सन् १९९४ अगष्ट १७ ) मा जन्मिएका सन्देश हाल सेन्ट पीटर्सबर्ग रुसमा बसोबास गरिरहेका छन् । सन् २०१५ मा रुसी सरकारबाट एमबीबीएसमा छात्रवृत्ती पाएपछि अध्ययनका लागि उनी रुस पुगेका हुन् । रुसमा उनले अध्ययन र खेलकुदका साथसाथै कुटनितिज्ञको रुपमा पनि काम गरेका छन् । उनले सेन्ट पीटर्सबर्ग र लेलिनग्राद क्षेत्रमा नेपालको प्रतिनिधीको रुपमा विद्यार्थीहरुको एक टोली बनाएका थिए । नेपाली संकृती र पर्यटन प्रवद्र्धनका लागि उनले रसियामा धेरै कार्यक्रमको समेत आयोजना गरेका छन् ।

विदेशमा रहेपनि आफ्नो देशको माया कम नहुने धारण राख्छन् सन्देश । उनी, अहिले विभिन्न सामाजिक संजालमा सक्रिय रुपमा काम गरिरहेका छन् । उनी सामाजिक मिडिया व्यक्तित्व, ताइक्वान्डो खेलाडी, अन्तरराष्ट्रिय स्वयंसेवक र ब्लगरको साथमा मेडिकल विद्यार्थी र सेन्ट पीटर्सबर्ग र लेलिनग्राद क्षेत्रमा नेपालको प्रतिनिधी समेत हुन् ।

विश्वभर छरिएर रहेका दर्शकहरुलाई अपिल गर्दै उनले ट्रान्जिसन, अभिनय, खेल, स्वास्थ्य, सौन्दर्य सुझावले भरिएका, लिप सिंक भिडियो सहित विभिन्न सामाग्री सामाजिक संजालमा पोष्ट गर्दै आएका छन् । सामाजिक संजालका रुपमा पछिल्लो समयमा सर्वाधिक सफल मानिएका टिकटक, लाइकी, हेलो, टांगी, इन्स्टाग्राम, अमेजन, मोज आदिमा उनको धेरै फ्यान समेत छन् । उनका अधिकांश सामाजिक संजाल भेरिफाइड समेत भएका छन् । सामाजिक जागरुकता र सार्वजनिक कल्याणका क्षेत्रहरूमा उनले धेरै भिडियो निर्माण गरेका छन् । केही भारतीय कलाकारहरुसँग मिलेर काम समेत गरेका उनका भिडियो सामाग्रीहरु बलिउडका लोकप्रिय कलाकारहरुले समेत शेयर गरेका छन् ।

रुसमा रहेका नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेखनिय काम गरेका सन्देश संयुक्त राष्ट्र संगठनका अनलाइन स्वयंमसेवक पनि हुन् । सन् २०१७ मा फिफा कन्फेडेरेसन कप र सन् २०१८ मा फिफा वल्र्ड कपको समयमा रुसमा फुटबल खेल हेर्न आएका विभिन्न देशका दर्शकहरुको चिकित्सा सेवाको लागी उनले चिकित्सा स्वयंसेवकको रुपमा समेत काम गरिसकेका छन् । सन्देशले कोरोना भाइरसको संक्रमण कालमा सामाजिक संजालमा यसको रोकथाम र सुरक्षाको बिषयमा थुप्रै सामाग्री बनाएर भिडियोहरु पोष्ट गर्दै आएका छन् ।