सलमान खानको नयाँ योजना

सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउड फिल्ममा बडी सो गर्न माहिर सलमान खान आफ्नो फिटनेसको लागि एकदमै चर्चामा रहेका छन् । फिट्नेसलाई विशेष ध्यान दिने उनले अब भारतभरी आफ्नो नयाँ जिम तथा फिट्नेस सेन्टरको फ्रेन्चाइज खोल्ने भएका छन् ।

बिइङ ह्युमन चेन र बिइङ स्ट्रङ्ग फिट्नेस इक्विपमेन्टको पछि सलमान जिम र फिट्नेस सेन्टरको चेन सुरु गर्नेछन् । उनको २०२० सम्म देशभरमा ३०० जिम खोल्ने योजना छ । मिडिया रिपोर्ट अनुसार सलमान ‘एसके –२७’ जिम फ्रेन्चाइज लन्च गर्ने तयारी गरिरहेका छन् ।