खुल्ला कपडाको आलोचना गर्नेलाई प्रियंकाले दिइन् कडा जवाफ


सेलिब्रेटी नेपाल

एजेन्सी: प्रियंका चोपडा हालै ग्रामी अवार्डसमा सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा प्रियंका निकै खुल्ला पहिरनमा पुगेकी थिइन् जसका कारण उनको धेरै आलोचना भयो । भारतीय फ्यानले उनको ड्रेसिङ सेन्समा प्रश्न उठाउँदै ट्रोल गरेका थिए । अब प्रियंकाले इन्स्टाग्राममा एक पोस्ट गर्दै ट्रोलर्सलाई जवाफ दिएकी छिन् ।

प्रियंकाले लेखेकी छिन् ‘म सोचिरहेकी थिएँ कि यो वर्षको सुरुवात कति रोमाञ्चक रह्यो र अहिले त केवल जनवरी महिना मात्रै बितेको छ । जोसँग तपाइँ प्रेम गर्नुहुन्छ उनीहरुलाई धेरै माया गर्नुस् । तपाइँ जस्तो जिन्दगी जिउन चाहनुहुन्छ त्यतै जिउनुस् । यो समय संसारमा सबै समस्याको साथमा आफ्नो र आफ्नो आसपास सबैको लागि दयालु रहनुहोस् ।’

प्रियंकाले अगाडि लेखेकी छिन् ‘मैले तपाइँहरुबाट जुन माया पाएँ त्यसको लागि आभारी छु । र, जब माया पाउँदिन त्यसको लागि पनि आभारी रहनेछु । आसपासका व्यक्तिहरुको लागि दयालु र विनम्र बन्नुहोस् । यो निकै जरुरी छ । यो जिन्दगी एक अनमोल उपहार हो ।’