बलिउडका हाँस्य कलाकार जगदिपको निधन



सेलिब्रेटी नेपाल। बलिउडका हाँस्य कलाकार जगदिप (सैयद इस्तियाक अहमद जाफरी) को निधन भएको छ । बुधबार ८१ वर्षीय जगदिपको मुम्बईमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिडियाका अनुसार, जगदिपको बुधबार बिहान साढे ८ बजे आफ्नै घरमा निधन भएको हो ।

चलचित्र शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले उनी बलिउडमा थप चर्चित बनेका थिए । शोले बाहेक जगदिपले ब्रह्मचारी, नागिन र अन्दाज लगायत चलचित्रमा अभिनय गरेका छन् । उमेर बढेसँगै उनी केही समयदेखि विभिन्न रोगबाट ग्रस्त थिए ।