बेनिलि मोडल हन्टमा ५५ प्रतियोगी भिड्दै


सेलिब्रेटी नेपाल

काठमाडौं: ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिम आगामी शनिबार (२८ भदौमा) होटल सोल्टीक्राउन प्लाजा आयोजना हुँदैछ । प्रतियोगितामा एक पुरुष र एक महिला शीर्ष ताज पहिरिने छन् ।

मोडल हन्ट नेपाल मोडलिङ सम्बन्धी नेपालकै एकमात्र प्रतिष्ठित प्रतियोगिता हो । अहिले आयोजना हुन लागेको प्रतियोगिताको पाँचौ संस्करण हो । प्रतियोगीताको फाइनल स्पर्धाको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगितामा देशभरबाट छानिएका ५५ जना युवायुवती भिड्दै छन् । जसको लागि उनीहरुले श्रावणको पहिलो सातादेखि प्रशिक्षणसहित बिभिन्न तयारी समेत गरेका छन् । ब्यक्तित्व बिकाश, फोटो सुट, भिडियो प्रोफाइल, सामाजिक संजाल ब्यवस्थापन, ट्राफिक रुल अवेरनेस, नेपाल ब्रेष्ट क्यान्सर फाृन्डेसनको सहयोगमा ब्रेष्टक्यान्सर अवेरनेश, फ्ल्यास मोभ लगाउत उनीहरुको बिभिन्न प्रशिक्षण अहिले अन्तिम सातामा चलिरहेको छ ।

प्रशिक्षणको क्रममा उनीहरुलाई सेल्फ मार्केटिङ र सेल्फ मेकअप लगायतको समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । प्रतियोगीको प्रशिक्षकको जिम्मेवारी अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणा, रोजिन शाक्य, थेन्डुप शेर्पा वनिसा मुल्मि श्रेण, निश्चल श्रेष्ठ लगायतले निर्वाह गरेका थिए । रोजिन शाक्य प्रतियोगिताको मुख्य प्रशिक्षक पनि हुन् ।

मोडल हन्ट नेपालका उत्कृष्ट युवायुवतीले र्याम्प समेत नाप्ने प्रतियोगिताकै लागि भनेर भारतिय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोर आइतबार नेपाल अर्का छन् । युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले प्रतियोगिता आयोजना हुँदै नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यातना पाण्डेले जानकारी दिइन् । व्यवसाहिक मोडल उत्पादन गर्ने नेपालको यो पहिलो सौदर्य प्रतियोगिता भएको उनको दाबी रहेको छ ।