आर्यन र नीताको जोडी दबाबमा



सेलीब्रेटी नेपाल माघ २९ गते- नायक आर्यन सिग्देल यतिखेर फुर्सदमा छन् उनि अभिनित पछिल्ला चलचित्रहरु सबै फ्लप भई रहेका छन् । नायिका नीता ढुङ्गानाले भर्खरै नोटबुक सकेर बसेकी छिन् ।दयाराम दाहालको निर्देशनमा बन्न लागेको चलचित्र दबाब अहिले नीता र आर्यनको हातमा छ । आज शुभमुहुर्त गरि छायांकन सुरु गरिएको दबाबमा आर्यन भने सामेल भएनन् । बालाजुस्थित चलचित्र बिकास कम्पनीमा गरिएको शुभमुहुर्त सर्टमा नीताले छोटो संवाद बोलेकी थिइन् ।
क्यामेराको पूजा गरि शुभमुहुर्त गरिएको दबाबमा रवि गिरी, सुष्मा कार्की लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । दबाबमा आर्यन र नीता भने मृख्य भूमिकामा अभिनय गर्दै छन् ।