‘आदित्य नारायण झा लाइभ इन नेपाल’ हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ । नेपालमा खोजिने गायक नेपाल आउने क्रममा आदित्य नारायण झा थपिने भएका छन् । केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्य काठमाण्डौका संगीत प्रेमी माँझ गुन्जिने भएका छन् । जुलाईको पहिलो साता आदित्य राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन । ’आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् । गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् ।

सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ’कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए । रंगीला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् भने उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए । क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.