ऐश्वर्याले कान्सको नियम उल्लंघन गरिन्


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
७०औँ कान्स फिल्म फेस्टिभलको चौथो दिन शनिवार ऐश्वर्या राय बच्चनले कान्सको नियम तोडेकी छिन् । शनिवार ऐश्वर्या रातो रंगको गाउन पहिरिएर रेड कार्पेटमा उत्रिइन् । खासै ठूलो मुद्धा त होइन तर सामान्यतया रेड कार्पेटमा सेलिब्रेटीलाई रातो रंगको पहिरन लगाउन अनुमति छैन तर, ऐश्वर्याले नियमको वास्ता नगरी रेड कार्पेटकै रंग (रातो) रंगको ‘ड्रेस’ लगाएर सबैलाई अचम्ममा पारिन ।

ऐश्वर्याले कपाललाई ‘थिक लुक’ दिएकी थिइन् भने हिरा जडित ‘एयरिङ’ लगाएकी थिइन् । उनले गाउनकै रंगसँग मिलाएर गाढा रातो ‘लिपिस्टिक’ लगाएकी थिइन् । जानकारी रहोस्, यतिबेला फ्रान्समा भइरहेको ‘फिल्म समारोह’मा ऐश्वर्या राय लोरियल पेरिसलाई प्रस्तुत गरिरहेकी छिन् । शनिवार ऐश्वर्याको दोस्रो प्रदर्शन थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.