अमिर खानको दंगलले चीनमा राख्यो किर्तिमान


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

हिन्दि फिल्म ‘दंगल’ ले चीनमा प्रदर्शनको एघार दिनमा छ करोड ५० लाख अमेरिकी डलर कमाएको छ । यससँगै हिन्दी फिल्म दंगल चीनमा प्रदर्शन भएर अहिलेसम्मकै सबैभन्दा धेरै बजेट आर्जन गर्न सफल फिल्म बनेको छ । फिल्मले मे १३ गतेको प्रदर्शनबाट एक दिनमा मात्रै १० करोड चिनियाँ युआन कमाउन सफल भएको थियो । चीनको सेतेमा समालोचना गर्ने चिनियाँ वेबसाइट डौबानले दङ्गललाई १० नम्बरमा ९.२ नम्बर दिएको छ । अमिर खान अभिनित फिल्मले बलिउडमा सफलता पाएको थियो ।