६२ वर्षको उमेरमा अनुपम खेर यसरी देखिए जवान


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

६२ वर्षका अनुपम खेर चाँडै नै अक्षय कुमार र भूमि पेडनेकर अभिनित आगामी चलचित्र ‘टोइलेटः एक प्रेम कथा’ मा देखिँदैछन् । अहिलेसम्म ५०० बढी चलचित्रमा काम गरिसकेका अनुपम हलिउड चलचित्र ‘बिग सिक’ मा पनि देखिँदैछन् ।

यो चलचित्रका लागि उनी आफ्नो फिटनेसमा पनि ख्याल गर्दैछन् । हालै उनले इन्स्टाग्राममा आफ्नो परिवर्तित तस्वीर शेयर गरेका छन् । जसमा उनी निकै फिट देखिएका छन् । अनुपमले फोटो शेयर गर्दै “तौल घटाउनु स्वस्थ निर्णय हो, स्थायी पनि ।’

अनुपम विगत एक वर्षदेखि फिटनेसमा ध्यान दिइरहेका छन् र अहिले झण्डै १६ केजी तौल घटाइसकेका छन् । पाँच फिट ७ इन्चका अनुपमको तौल झण्डै ७२ केजी थियो । तर विगत एकवर्षमा उनले निकै तौल कम गरेका छन् । यसपछि उनको तौल ५६ केजीमा झरेको छ ।