अस्ट्रेलियामा नेपाली चलचित्र ऋतुको मुर्हत



सेलीब्रेटी नेपाल पौष २९ गते-अष्ट्रेलिया र अमेरीकाका गैरआवासीय नेपालीको लगानिमा बन्न लागेको चलचित्र ऋतुको शनिवार शुभ मुर्हत सम्पन्न भएको छ । सिड्नीको अवनमा चलचित्रका कलाकार, निर्माता, नेपाली समुदायका प्रतिनिधिहरु र संचारकर्मी माझ शुभ मुर्हत सम्पन्न भएको हो । उक्त कार्यक्रममा निर्देशक मनोज अधिकारीले ऋतुको अवधारण र निमार्ण टोलीका बारेका जानकारी दिए । आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस् र अपिल विष्ट फिल्म प्रोडक्सन्स्को साथै अशोक गौतम, सुरज प्रधानको संयुक्त लगानी रहेको यस चलचित्रमा भिमसेन गुरुङको कोरीयोग्रफी, सुसन प्रजापतिको छायाङ्कन रहनेछ । चलचित्रमा नायक राज बल्लब ,पुर्ब मिस नेपाल मलिना जोशी,नायिका रिमा बिस्वकर्मा तथा अष्ट्रेलियामै बसोबास गर्दै आएका बिष्णु न्यौपाने, कमल सिलवाल, बुल्सन लगायत थुप्रै नेपाली कलाकारहरको पनि अभिनय देख्न सकिनेछ ।