२०१५ को ‘संसारको सेक्सी महिला’ मिसेल नेपालमा


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

ब्रिटिस अभिनेत्री मिसेल किगनको ‘आवर गर्ल’को नयाँ सिरिजको सुटिङ नेपालमा सकिएको छ। उनले बीबीसीले तयार गरिरहेको आर्मीहरुसम्बन्धी सिरिज ‘आवर गर्ल’को दोस्रो सिरिजको सुटिङको लागि नेपालमा रहेको इन्स्ट्राग्रामबाट जानकारी गराएकी छिन्।

‘सुटिङ सिध्याएर नेपालमा अन्तिम दिन बिताउँदैछु । घरबाट धेरै टाढा नेपाल आउँदा सोचेको भन्दा सुन्दर र फरक जीवन अनुभव गर्न पाएकोमा भाग्यमानी महसुश गरिरहेकी छु,’इन्स्टाग्राममा फोटो राख्दै उनले उल्लेख गरेकी छिन्। बीबीसीमा प्रसारण हुने ‘आवर गर्ल’मा अभिनेत्री मिसेल गार्जिओ लेनको भूमिकामा देखिदैंछिन्। सन् २०१३ देखि बीबीसीले प्रसारण गर्ने ड्रामा सिरिजको तेस्रो सिरिजको आठ महिना लामो सुटिङ नेपालबाहेक दक्षिण अफ्रिका र मलेसिया लगायत देशहरुमा हुँदैछ।

सन् २००८ को ‘कोरोनेसन स्ट्रिड’बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मिसेले यसअघिको ‘आवर गर्ल’को दोस्रो सिरिजमा देखिएकी थिइन् । उनलाई प्रसिद्ध एफएचएम पत्रिकाले सन् २०१५ को ‘संसारको सेक्सी महिला’ घोषित गरेको थियो ।

Copyright © 2012 - 2026 | All Right Reserved.