युवालाई मिस्टर वर्ल्डमा सहभागी हुने अवसर


सेलिब्रेटी नेपाल काठमाडौं

मिस्टर वल्र्डमा भागलिन चाहने युवाहरुको लागि एक्सपोज नेपाल डटकमले अवसर प्रदान गर्दै छ। ‘मिस्टर नेपाल २०१७’को आवेदन केही दिनका लागि खुल्ला गर्दै सो अवसर दिन लागेको हो। ‘मिष्टर नेपाल २०१७’मा भाग लिने चहाना हुँदा हुँदै पनि बिभिन्न कारणले सहभागी हुन नपाएका गुनासाहरु धेरै आएकोले त्यस्ता ब्यक्तिहरुलाई अवसर प्रदान गर्न केही दिनका लागि आवेदन खुल्ला गरिएको आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिएकी छन्। प्रतियोगीताका लागि यस अगाडि आयोजित अडिसनबाट छानिएका प्रतियोगीको अहिले प्रशिक्षण भइरहेको छ ।

१६ बर्षदेखि ३२ बर्ष ननाघेका युवाले प्रतियोगीतामा सहभागीता जनाउन पाउनेछन् । निर्णायक प्रतिस्पर्धाका लागि छनौट भएका प्रतिस्पर्धीहरुलाई स्वमिङ, फुटवल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विधामा प्रशिक्षण दिइने आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए ।
मिस्टर नेपालका विजेता मात्र मिस्टर वल्र्डमा देशको प्रतिनिधित्व गर्न पाउने छ । साथै एक मोटबाइक, चलचित्र, म्युजिक भिडियो अभिनय अफरका साथै बिभिन्न उपहार जित्न सक्नेछन् । सहभागीका लागि आवेदन फर्म एक्सपोज नेपालको कार्यालय कुपन्डोल तथा वेभसाइट बाट पनि भर्न सकिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.