कलिउड कतारमा प्रिमियर



सेलीब्रेटी नेपाल पौष २८ गते-नेपाली चलचित्र भित्रको कथामा निर्मित चलचित्र कलिउड सुक्रबार कतारको दोहा सिनेमा हलमा रेड कार्पेट प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रका निर्देशक नवराज आचार्य, नायकद्धय आर्यन सिग्देल र बिष्णु कार्की, नायिका प्रियंका कार्की, सिनेमाटोग्राफर हरि हुमागाईं तथा निर्माताद्धय नरेन्द्र सिंह ठकुरी र बिशाल श्रेष्ठ उपस्थित भयका थिए । चलचित्रलाई कतारमा रहेका नेपाली दर्शक ले राम्रै प्रतिक्रिया दियका छन् । जि वान क्रिएसनको ब्यानरमा टंक कार्कीले समेत लगानी गरेको चलचित्र नेपालमा माघ ५ गते रिलिज हुँदैछ ।