दर्शक श्रोताको मायाले अघि बढ्दै सुन्य सुन्य


सेलिब्रेटी नेपाल काठमाडौँ
मानिसको जन्म-मृत्यु, मिलन बिछोड र माया-प्रेम पनि दैवकै खेल रहेछ । माया र ममताले भरिएको यो संसार कहिले कहिँ कति भावपूर्ण र गम्भीर एबम सुन्य सुन्य परिबेशमा परिणत हुन्छ-तपाई कल्पना गर्नसम्म सक्नु हुन्न। तपाई नचाहनुस तर रुखका पातहरु झर्छन् भुइँ भरि एउटा सुन्दर रुखलाई कुरूप बनाएर, फूलका केस्राहरु एक पछी अर्को गर्दै झर्दा पुरै बन उजाड लाग्छ बैशाख महिनामा ।

त्यसै गरि एउटा सुन्दर हरियाली पाखा रुखो सारै रुखो पाखामा आफूलाई दस मुझा परेको जडौली झै पछार्छ । अह तपाइको केहि चल्दैन- अर्को याम पर्खनु बाहेक त्यो सुन्दर पाखाको पुनरागमनका लागि किनकि सत्य सत्य नै हो, प्रकृति अमर र अटल हुन्छ, रुप फेर्नु उसको पनि जिम्मेवारी नै हो त्यो जिम्मेवारी उसले निभाउंछ त्यो उसको महानता हो। यथार्थ यथार्थ नै हो-माया मार्नु हुन्न कसै गरे पनि।

गीतकार रमेश दाहाल, संगीतकार टिका दाहाल र प्रतिभासाली गायिका अबुन पाण्डेले ‘सुन्य सुन्य’ बोलको गीत तयार पारेका छन् जसमा अर्का प्रतिभासाली संगीत कर्मी आगा लामाको समेत उत्कृस्ट साथ रहेको छ । युट्युबमा राखेको छोटो समयमै चर्चित हुन पुगेको सुन्य सुन्य गीतमा विकास लामिछाने र रीमा बिस्वकर्माको जीवन्त अभिनय रहेको छ जसको कथा र बिषय बस्तुले ठ्याक्कै माथिको परिवेशलाई पर्दामा उतारेको छ ।

भिडियो हेर्नुहोस अनि आफ्नो प्रतिक्रिया दिनुस् बिदेशमा बसे पनि नेपाली गीत-संगीतको प्रगति खातिर काम गर्ने सिर्जनसिल टिका दाहाल र उनको टिम लाइ हौसला प्रदान पनि गर्नुहोस भनि टिकाले सेलिब्रेटी नेपाल मार्फत सम्पूर्ण आफ्ना शुभ चिन्तक हरुलाई संदेश पठाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.