बाहुबली दुइले कमायो ९ दिनमा हजार करोड


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउडमा थुप्रै रेकर्ड राखी सकेको फिल्म बाहुबली २ ले प्रदर्शनको ९ दिनमा हजार करोड कमाउन सफल बनेको छ । फिल्मले प्रदर्शनको पहिले दिन एक सय एक्काइस करोड कमाएको थियो । बलिउडमा यति धेरै कमाउने फिल्मको रेकर्ड बाहुबली २ ले नै बनाउन सफल भएको छ । फिल्मले भारतमा मात्र आठ सय करोड र बिदेशमा २०० करोड कमाएको हो । यस खुसिमा फिल्मका नायक प्रभासले फेसबुक मार्फत आफ्ना फ्यानलाइ धन्यवाद दिएका छन् । बाहुबलिको पहिले फिल्मले छ सय पचास करोड कमाएको थियो ।