चलचित्र पत्रकारिता सम्मान र पुरस्कार घोसणा


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र पत्रकार संघ, नेपालको शुक्रबार बसेको कार्यसमिती वैठकले जेठ ७ गते प्रदान गर्न लागेको ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ बिषयमा निर्णय गरेको छ ।

चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चलचित्र पत्रकार संघ, नेपालले हरेक बर्ष १ जना रंग पत्रकारलाई सम्मान र २ जना रंग पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको थियो । यो बर्षदेखि १ जना रंग पत्रकारलाई ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ समेत दिने निर्णय गरिएको छ ।

संघको १८ औ स्थापना दिवसको अवसर पारेर जेठ ७ गते आयोजना हुने कार्यक्रममा डाक्टर नवराज लम्साललाइ ‘चलचित्र पत्रकारिता सम्मान’बाट सम्मानित गर्न लागिएको हो । लम्सालले चलचित्र तथा कला पत्रकारिताका माध्यमबाट दशक लामो समयदेखि पुर्‍याउँदै आएको योगदान तथा चलचित्र पत्रकारिताको नाम उँचो बनाउन योगदान गरेको भन्दै सम्मान गर्न लागिएको अध्यक्ष सन्दिप सापकोटाले जानकारी दिएका छन् । बीबीसी नेपाली सेवा तथा रेडियो नेपालमा रहेर कला पत्रकारिता गर्दै आएका लम्साल साहित्यकार पनि हुन् ।

यस्तै, सगरमाथा टेलिभिजनमा रहेर रंग पत्रकारिता गर्दै आएका पत्रकार पारस पौडेल र अनलाइनखबरमा रहेर रंग पत्रकारिता गर्दै आएका पत्रकार विजय सुवेदी ‘आवाज’लाई यो बर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय संघले गरेको छ । विगत १२ बर्षदेखि रंग पत्रकारितामा सक्रिय सुवेदीले रेडियो उपत्यका, कान्तिपुर एफ.एम, तराई टीभी हुँदै हाल अनलाइनखबरमा रंग पत्रकारिता गर्दै आएका छन् ।

पौडेल र सुवेदी दुबै जनालाई २१ हजार नगद, ट्रफीका साथमा पुरस्कृत गरिनेछ । यस अगाडि पुरस्कारको राशी १५ हजार थियो । यस्तै, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट भने पहिलो पोष्टमा कार्यरत स्वेच्छा राउतलाई पुरस्कृत गरिने भएको छ । उनलाई ल्यापटप, ट्रफीका साथमा सम्मानित गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.