दया र प्रियंकाको प्रतिक्षित लाल्टिनको ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ’लाल्टिनको’ को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ट्रेलरमा एक्सन र सेन्टिमेन्टलाइ बिसेष प्राथमिकता दीइएको छ । चलचित्रमा समाबेश गीरहरुले चर्चा पाउन सफल भए पछि अहिले चलचित्र लाल्टिन प्रतिक्षित बनेको छ । देवकुमार श्रेष्ठ निर्देशित चलचित्र यही चैत १८ गते देखि रिलिज हुँदैछ । प्रियंका सहित दयाहाङ राई, केकी अधिकारी, भानुप्रताप अर्जुनजंग शाही, ए गुरुङ, निर्जन थापा, राज कटुवाल लगायतको अभिनय छ ।अनिम श्रेष्ठ र राज केसीको निर्माण, मनोजराज भण्डारी र दीपक श्रेष्ठका सहनिर्माण रहेको चलचित्रलाई एक्सन र थ्रीलर जनरामा राखिएको छ । चलचित्रका प्रस्तुतकर्ता भानुप्रताप हुन् ।