२ लाख पुरस्कार सहित प्रेमगीत २ कभर गीत प्रतियोगीता सुरु


सेलिब्रेटी नेपाल काठमाडौँ
गत बर्षको सफल चलचित्र ‘प्रेमगीत’ को सिक्वेलप्रेमगीत २’ ले ‘प्रेमगीत २’ ले टाइटल गीत ‘कहानी यो प्रेमगीत को’ ‘कभर गीत प्रतियोगीता’ आयोजना गर्ने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण कम्पनी आशुसेन फिल्मसले कभर गीत प्रतियोगीताबारे जानकारी गरायो । रोहित जोन क्षेत्री र श्रेया सोताङको आवाज रहेको कहानी ‘यो प्रेमगीत को’ बोलको गीतमा अमृत मरहठ्ठाको शब्द र कल्याण सिंहको संगीत रहेको छ । ‘कभर गीत प्रतियोगीता’ घोषणा कार्यक्रममा चलचित्रका मुख्य कलकार नायक प्रदीप खड्का, नव-नायिका अश्लेषा ठकुरी, नायिका श्रद्धा प्रसाई, संगीतकार कल्याण सिंह उपस्थित थिए ।

‘कभर गीत प्रतियोगीता’ को घोषणा गर्दै फिचलचित्रका निर्देशक रामशरण पाठकले विश्वको जुनसुकै ठाउँबाट प्रतियोगीहरुले ‘प्रेमगीत २’ को शिर्ष गीत ‘कहानी यो प्रेमगीत को’ गाउन सक्ने बताए । उनले भने, ‘प्रतियोगीहरुले गाउँदा जुनसुकै म्यूजिकल इन्स्टुमेन्ट, भिडियो रेकडिङ डिभाइसेस वा हाईलाईट्सको युट्युब च्यानलमा उपलब्ध लिंक म्यूजिकल ट्रयाकलाई डाउनलोड गरि प्रयोग गर्न सक्नेछन् ।’

उनका अनुसार, प्रतियोगीहरुले गाएको भिडियो यही बैशाख १८ देखि असार २० गतेसम्म युट्युबमा अपलोड गरिसक्नु पर्नेछ र यसको लिंकसहित व्यक्तिगत विवरण (aasusenfilm@gmail.com) मा पठाउनु पर्नेछ । प्रतियोगीहरुले साउन २५ गतेसम्म आफ्नो भिडियोको प्रचार प्रसार गरि भ्यूज बढाउन सक्नेछन् । विजेताको घोषणा भने भाद्र १ गते गरिने छ ।

युट्युब भ्यूजबाट १० जना र निर्णायक मन्डलले वाइल्ड कार्डस् बाट दिने ५ सहित जम्मा १५ जना प्रतियोगीहरु अन्तिम चरणमा पुग्नेछन् । छानिएका प्रतियोगीहरुले आफ्नो गायन कला प्रस्तुत गर्नु पर्नेछ र निर्णायक मन्डलकै आधारमा एक जना पुरुष र एक जना महिलालाई विजेता घोषणा गरिनेछ । विजेताले जनही १/१ लाख पाउनेछन् भने आशुसेन फिल्मसले निर्माण गर्ने अर्को प्रोजेक्टमा गीत गाउने अवसर पनि प्राप्त गर्नेछन् । निर्माणपक्षले निर्णायकमा को-को हुनेछन् भन्ने कुरा भने गोप्य राखेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.