लुकेर अमेरिका जाने दिपेन्द्र र खगेन्द्रको एकै उदेश्य


सेलिब्रेटी नेपाल काठमाडौँ
पशुपतिप्रसाद र धनपतिपछि निर्देशक दीपेन्द्र के. खनाल र अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अर्को चलचित्रमा सँगसँगै अनुबन्ध भएका छन्। पशुपतिप्रसाद र धनपति दुवैको संयुक्त निर्मित चलचित्र थियो भने नाम तय नभइसकेको अबको चलचित्र लाई सुरज सिने आर्ट्सले निर्माण गर्न लागेको हो।

यस ब्यानरद्वारा निर्मित पहिलो चलचित्र लभ लभ लभ हालै रिलिज भएको थियो । जसका निर्देशक दीपेन्द्र हुन् । शर्मिला पाण्डे निर्माता रहने चलचित्रमा हालसम्म अभिनयका लागि खगेन्द्र मात्र तय भएका छन् । चलचित्रको कथा निर्देशक खनालले नै लेखिरहेका छन्।

‘नेपालबाट लुकिछिपी अमेरिका जाने तीन पात्रको कथा हो,’ उनले भने, ‘लाखौं खर्चेर लुकेर अमेरिका जाने क्रममा थुप्रै नेपालीले ज्यान गुमाउँछन्। थोरै मात्र पुग्न सफल हुन्छन्। अमेरिका सपनाको यो एकदमै मार्मिक कथा हो। अहिले म यसरि लुकेर पुगेका नेपालीहरुसँग सम्पर्कमा छु ’दिपेन्द्रले बताए । करिब पाँच करोड लागत अनुमान गरिएको फिल्म मंसिरदेखि सुटिङमा जानेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.