नायिकाको जन्म दिनमा सार्बजनिक भो म यस्तो गीत गाउँछु भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ

नायिका पुजा शर्माको जन्मदिनको दिन राजधानीमा एक भब्य कार्यक्रमको आयोजना गरेर चलचित्र ‘म यस्तो गीत गाउँछु’ को भिडियो गीत सार्बजनिक गरिएको छ सुदर्शन थापा निर्देशित चलचित्रको सार्बजनिक गीतमा निर्देशक थापा कै शब्दमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् भन्छु आज मनका कुरा… बोलको गीतमा सुगम पोख्रेल र अन्जु पन्तको अवाज सुन्न सकिन्छ । पुजा शर्मा र पल शाह लाइ फिचरिंग गरिएको भिडियोको छायाँकन गरिएको स्थान, संजय लामाको छायाँकन कला, प्रितम पाण्डेको सम्पादन,कविराज गहतराजको कोरियोग्राफी र बिश्व गौतमको आकर्षक डिजाइनका पोशाकहरु र पल र पुजाको लोभलाग्दो केमेष्ट्रीका कारण यो भिडियो उत्कृष्ट बनेको छ।

पूजा र पलका संगै चलचित्रमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको अभिनय रहेको छ। निर्देशक र नायिकाको लगानीमा निर्माण भएको चलचित्र असार ३० गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।