मिसेस टप अफ द वर्ल्डमा सराडाले प्रतिनिधित्व गर्ने


सेलिब्रेटी नेपाल काठमाडौँ
अन्तररास्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस टप अफ द वर्ल्ड २०१७’मा नेपालको प्रतिनिधित्व सराडा परियाले गर्ने भएकी छन् ।
‘मिसेस टप अफ द वल्र्ड’का लागि आधिकारिक प्राप्त संस्था इप्लनेट र ग्रिन आर्ट मिडियाले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा ‘मिसेस टप अफ द वर्ल्ड २०१६’की सहभागी रजनी थापाले सराडालाई ताज पहिराउँदै ‘मिसेस टप अफ द वल्र्ड २०१७’का लागि बाटो खुल्ला गरेकी हुन् । थापा गतबर्षको प्रतियोगीतामा उत्कृट चार भित्र अटाउन सफल भएकी थिइन् ।

परियार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगिलाई पछि पार्दै छानिन सफल भएकी हुन् ।
कोरियोग्राफर अनिला श्रेष्ठ, ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौल, मेकअप आर्टिस रस्मी श्रेष्ठ, फेसन डिजाइनर प्रज्वल श्रेष्ठ लगायत निर्णायक मण्डलले उनलाई प्रतियोगिताका लागि छनौट गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.