सदाबहार अभिनेत्री करिश्मा र साम्राज्ञी एकै चलचित्रमा काम गर्दै


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्रमा धेरै सफल भएकी र पछिल्लो समयमा नयाँ शक्ति पार्टीको काममा ब्यस्त अभिनेत्री करिश्मा मानन्धर चलचित्र ‘तिमी सँग’को एक गीतमा देखिने भएकी छन् ।अहिलेकी ब्यस्त नायिका साम्राज्ञी र करिश्मा पहिलो पटक संगै काम गर्दै छन् ।

शिशिर राणाको लेखन, निर्देशन र निर्माण रहेको चलचित्र ‘तिमी सँग’ भित्र रहने एक लोक गीतमा करिस्मा देखिने भएकी हुन् । गीतका लागि करिस्माले दुइ दिन लगाएर छायाँकन गरिरहेकी छन् । बालाजुस्थित एनएफडिसी स्टुडियोमा छायाँकन भएको गीतमा करिस्माको अलवा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन र अनुपम श्रेष्ठले नृत्य गरिरहेका छन् । गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.