बिक्न छाड्यो बिग बि अमिताभका फिल्म


सेलिब्रेटी नेपाल एजेन्सी

७५ वर्षीय अभिनेता अमिताभ बच्चनका प्रशंसक आज पनि कुनै नयाँ अभिनेताको भन्दा कम छैनन् । यद्यपि उनको पछिल्लो चलचित्र ‘सरकार–३’ प्रति वितरकहरूले कुनै रुचि देखाएका छैनन् । अप्रिल ७ को रिलिज डेट परिवर्तन गरेर मे १२ बनाइएपछि वितरकहरू बिच्किएको बताइन्छ । वितरकहरू नयाँ मितिका लागि तयार नभए पछि मे १२ मा पनि चलचित्र प्रदर्शन हुने–नहुने टुंगो छैन । बलिउड स्रोतका अनुसार सरकार–३ का लागि निर्माताले जुन मूल्य मागिरहेका छन्, वितरकहरू त्यति दिन तयार छैनन् । यसको कारण भने अमिताभ होइनन्, चलचित्रका निर्देशक रामगोपाल बर्मा हुन् ।

बर्माका पछिल्ला केही चलचित्र असफल भएपछि वितरकहरू तर्किएका हुन् । यो चलचित्रमा अमिताभ बच्चनसँगै ज्याकी श्राफ, मनोज बाजपेयी, अमित सुध, यामी गौतम, रोनित राय आदि कलाकारले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.