ऐतिहासिक तथा पर्यटकीय नगरी लुम्बिनी बृत्तचित्रमा



सेलीब्रेटी नेपाल पौष २६ गते-निलेश अधिकारीको निर्देशनमा ऐतिहासिक तथा पर्यटकीय नगरी लुम्बिनीको बिबिध बिषयलाई समेटेर बृत्तचित्र द ग्रेटर लुम्बीनि निर्माण भएको छ। शान्ती शहरको रुपमा घोसना गरिए पनि त्यहाँ पुर्याउनु पर्ने बिभीन्न सुबिधाहरु बाट बन्चीत बन्न पुगेको लुम्बीनीका महत्व दर्शाएर देश तथा बिदेशको पर्यटन भित्र्याउने उदेश्यले बृत्तचित्र निर्माण गरिएको निर्माता मध्यका एक सुमन कुमार सिक्देलले बताए।
१३ युवाहरुको संयुक्त निर्माण रहेको छ। दुई महिनाको रिर्सच गरेर मात्र छायांकन गरिएको बृत्तचित्र अहिले सम्म लुम्बीनिको बिषयमा निर्माण भएको बृत्तचित्र मध्य उत्कृस्ट भएको निर्देशक अधिकारीले दाबि गर्दै भने लामो रिसर्च पछि मात्र छायांकन गरेकाले हामीले बृत्तचित्रमा लुम्बिनीका बिषयमा बाहिर नआयका अन्य पक्षहरु पनि समेट्न सफल भएका छौ।
राजेश बिभत्सनीको छायांकनमा तयार भएको बृतचित्र ३८ मिनेटको अबधिको रहेको छ। नेपाललाई बिश्वसामु चिनाउने एक माध्यमको रुपमा सदुपयोग गर्ने उदेश्यल निर्माण गरिएको बृत्तचित्र एक कार्यक्रमको आयोजना गरि सार्बजनिक गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.