चार दशक लामो इतिहासमा पहिलो पटक विकास बोर्डमा ताला


सेलेब्रेटी नेपाल पौष २५ गते-चार दशक लामो नेपाली चलचित्र उद्योगमा पहिलो पटक चलचित्र कर्मीहरु बाट ताला लगाईयो राजनीतिक हेलचेक्राईका कारण बाध्य भएर चलचित्र कर्मीले चलचित्र बिकास बोर्डका प्रमुख तीन वटा प्रवेशद्धारमा अनिश्चितकालका लागि ताला मारेका छन् ।
भोटो ताला चाहि हैन तर स्टिलले बनेका तीन वटा ठूला ताला लाई क्रमश बसुन्धरा भुषाल, मौसमी मल्ल र फाईट माष्टर योगेन्द्र श्रेष्ठले लगाए । बसुन्धराले बोर्डको दोस्रो मुख्य प्रवेशद्धार, मौसमीले छेउको लवी तर्फको द्धार र योगेन्द्रले सडकससंगै जोडिएको प्रमुख द्धारमा पालैपालो ताला मारेका हुन ।
कालो दिनको रुपमा हेरिएको आजको आन्दोलन राष्ट्रिय चलचित्रकर्मी मञ्चको अगुवाईमा भएको हो जसलाई फिल्म क्षेत्रका अन्य आठ वटा प्रमुख संघस्थाको लिखित समर्थन पनि छ । ताला लगाउने आन्दोलनको पहिलो कार्यक्रम पश्चात आज साँझ पाँच बजे चलचित्र कलाकार संघमा बस्ने सम्पूर्ण संघसंस्थाका प्रतिनिधिको बैठकले थप कार्यक्रम घोषणा गर्दैछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.