तोरीलाहुरेले दयाहाङ लाइ बनाउने भए नेप्टे


सेलिब्रेटी नेपाल काठमाडौँ

अहिलेका ब्यस्त कलाकार दयाहाङ राईको अर्को चलचित्र ‘नेप्टे’को घोषणा भएको छ । कलाकार रोहित रुम्बाले निर्माण गर्न लागेको चलचित्र ‘नेप्टे’ को आज राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो चलचित्रमा दयाहाङ राईका अलावा रोहित रुम्बा,छुल्ठिम गुरुङ, माला लिम्वु, बुद्धि तामाङ, श्याम राई, बाबु बोगटी, अर्जुन गुरुङ,निर्मल लामा,रोशनी ब्लोन,पुर्णिमा लामा लगायतका कलाकारको मुख्य अभिनय रहने छ ।

आर. रोशफी फिल्म्स्को व्यानरमा बन्न लागेको ‘नेप्टे’लाई देवकुमार श्रेष्ठले निर्देशन गर्ने छन । रोशन श्रेष्ठको द्वन्द्व, बाबु बोगटी, सन्तोष राज, ओमकुमार र रोहित रुम्वाको संगीत चलचित्रमा रहने छ । चलचित्रको कथा रोहित रुम्बाले लेखेका हुन् । ‘नेप्टे’लाई हरि घले लामाले छायांकन गर्ने भएका छन् । चलचित्रमा दिनेश पाख्रिन र कविराज गहतराजको कोरियोग्राफी रहने छ । यस अघि तोरी लाहुरे लगाएत करिब आधा दर्जन चलचित्रमा अभिनय गरि सकेका रोहित रुम्बाले बनाउन लागेको चलचित्र नेप्टे कमेडी जनारामा निर्माण हुन लागेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.