हङकङमा भाषण तथा उद्घोषण सिक्नेको लहर


सेलिब्रेटी नेपाल हङकङ

नेपाली महिला संघ हङ्कङको आयोजनामा गत हप्ता हङ्कङ,यमुताइस्थित कम्युनिटी हलमा “नेतृत्व तथा व्यक्तित्व बिकासका लागि भाषण तथा उद्घोषण कला” सम्बन्धि एक दिने नि:शुल्क कार्यशाला संचालन गरेपछि अहिले हङ्कङमा उद्घोषण तथा भाषण सिक्न धेरै इच्छुक देखिएका छन् । यस बिधामा लामो समयदेखि तालिम प्रदान गर्दै आएका लोकप्रिय तथा अनुभवी प्रशिक्षक शिरोमणि दवाडीको कुशल प्रशिक्षण शैलीबाट आकर्षित भएकालेे सिक्नेको आइरो लागेको आयोजक नेपाली महिला संघ,हङकङकी अध्यक्ष टीका गुरुङ्ले जानकारी गराइन ।

नेपाली महिला संघकै आयोजना तथा हङ्कङ नेपाल हिन्दू एसोसिएसन(हिन्दू मन्दिर)को समन्वयमा अप्रिल १८ तारिखदेखि मे ५ सम्म बिहान,दिउँसो र बेलुका गरी दैनिक तीन सिफ्ट निरन्तर तालिम संचालन गरिएको छ । यसैबीच हेवेन्ली निर्माणापाथ हङकङले पनि यसै साता आफ्नै हलमा एक दिने बृहद कार्यशाला आयोजना गर्ने तयारी गरेको छ ।

हङकङमा पछिल्लो समय नेपालीहरूको नेतृत्वमा विभिन्न संघ संस्था खुल्ने र तिनका अगुवाइमा विभिन्न कार्यक्रम संचालन हुने क्रम बढेसंगै कुसल र दक्ष नेतृत्वकर्ता तयार गर्न यस कार्यक्रमले विशेष भुमिका खेल्ने बिश्वास आयोजकले लिएको छ । बिगत २० बर्षदेखि संचार,अभिनय कला,नेतृत्व तथा ब्यक्तित्व बिकास,भाषण एवम उद्घोषण कला आदि विधामा कुसल प्रशिक्षकका रूपमा प्रशिक्षण दिंदै आएका शिरोमणि दवाडी रेडियो तथा टेलिभिजनका अनुभवी कार्यक्रम प्रस्तोता तथा कुसल हांस्य अभिनेता पनि हुन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.