‘दत्त’ बायोपिक ६० प्रतिशत सकियो, रिलिज आगामी वर्षमात्रै


सेलिब्रेटी नेपाल काठमाडौँ

रणवीर कपुर आफ्नो ‘दत्त’ बायोपिकमा जुटिरहेका छन् । उनले सबै आँकलनलाई गलत साबित गरिदिए । अब ‘दत्त’ बायोपिकको मिति सरेको छ । यो चलचित्र आगामी वर्षमात्र रिलिज हुँदैछ ।

चलचित्रको काम ६० प्रतिशत पूरा भइसकेको छ । जुनसम्ममा चलचित्रको सुटिङ सकिने छ । यसलाई डिसेम्बरमा रिलिज गर्ने तयारी पनि पूरा गरिनेछ ।

केही दिन अघि राजकुमार हिरानी र ‘टाइगर जिन्दा है’ का निर्माता आदित्य चोपडाको भेट भएको थियो । यी दुवै चलचित्रको भिडन्तबाट हुने नाफानोक्सानका बारे कुराकानी गर्दै थिए । अहिलेसम्म यसबारे कसैले केही टिप्पणी भने गरेका छैनन् ।

तर मिडियामा रणवीर कपुरको संजय दत्त लुक भाइरल भइसकेको छ । यी तस्वीरबाट रणवीरले धमाका मच्चाउने छन् भने राजकुमार हिरानीले चलचित्रमा कुनै कमि हुन दिने छैनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.