रमेश कुमारको मिलाप माघमा



सेलेब्रिटी नेपाल पौष २३-नया स्वाद र प्रयोगमा चलचित्र निर्माणको लहरै चलेका छ। यस्तै लहरमा निर्माण भएको चलचित्र मिलाप आगामी माघ ५ गते देखी देशभर एक साथ प्रदर्शनमा आउने भएको छ। पारिवारीक प्रेम कथामामा आधारीत चलचित्र मार्फत धार्मिक सहिसुणता, सामाजिक सदभाव एवं एकताको सन्देश दिन खोजिएको निर्देशक रमेश कुमार राईले बताए।
युवा पुस्ताको प्रेम शैली, चाहना र भावनालाई चलचित्रमा रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ। मीनबहादुर तामाङ (थोकर) को लगानीमा निर्माण भएको चलचित्रमा नरमान तामाङ (रविन) को कथा, नारायण रिजालको नृत्य एवं कुमार श्रेष्ठको द्धन्द्ध रहेको छ। चलचित्रमा अनु शाह, ओम प्रतिक, सुरबीर पण्डित, रवि कार्की, रचना पण्डित, भरत गहतराज लगायतका कलाकारको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.