नृत्यमा जम्दै कृस्टल क्लजका संदेश


सेलिब्रेटी नेपाल पोखरा
पोखरा १६, अमरदिप निवासी सन्देश जङ्ग राना नेपालको पर्यटकीय सहर पोखरामा चलेका नाम हुन जस्ले पोखरामा हुने विभिन्न डान्स प्रतियोगितामा सहभागी भयर पुरस्कृत भयका छन। हाल कृस्टल क्लज डान्स ईन्स्टिच्युटमा नृत्य सिकाउदै र विभिन्न प्रतियोगितामा हुने कार्यक्रममा नृत्य प्रशिक्षण गराउदै ब्यस्त रानाले एम्नुज जिल्ला डान्स प्रतियोगितामा प्रथम स्थान हासिल गरि उपाधी जित्न सफल भएका थिय जुन उपाधी उनले राघब कक्रोज बाट ग्रहण गरेका थिय। राघब कक्रोज बलिवूड अन्तर्गत नृत्यका स्लो मोसन किङ्गको रूपमा चिनिएका कोरियोग्राफर हुन जस्ले बरुण धवन अभिनित चलचित्र “ए बि सि डि २”मा सङ्गै अभिनय गरेका थिय।

तिन दर्जन भन्दा बढि कभर भिडियो बनाएका संदेशले रामबाबु गुरुङको चलचित्र “पुरानो डुङ्गा”को “निर जहिले रिसाउने गितको कभर भिडियो बनाएर उत्कृष्ट भई एक लाख पचास हजार नगद प्राप्त गरेका थिय। नृत्यको क्षेत्रबाट आफुलाइ चिनाउन चाहने रानाले पछिसम्म यहि क्षेत्रमा लागेर नाम दाम साथै सामाजिक क्षेत्रमा लाग्ने बताउछन।

Copyright © 2012 - 2026 | All Right Reserved.