पछि सर्यो मनले मनलाई छुन्छ



सेलेब्रिटी नेपाल पौष २३ -पौष २७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’ को प्रदर्शन मिति सारिएको छ । चलचित्रका निर्माता समेत रहेका नायक विरेन श्रेष्ठले प्रचारप्रसारका लागि समय नपुगेकाले प्रदर्शन मिति सारिएको बताए ।मनले मनलाई छुन्छको प्रदर्शन सारिय पनि यो पौष २७ गतेबाट अन्य चार चलचित्रहरु प्रदर्शन हुँदैछन।
वसन्त सापकोटाद्वारा संगीतबद्ध यो चलचित्रमा विरेन श्रेष्ठ, गरिमा पन्त, सुमन सिंह, मिथिला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेत, शंकर रेग्मी, सुरज प्रजापति आदि कलाकारले अभिनय गरेका छन्।चलचित्रको निर्देशन शिव रेग्मीले गरेका हुन् । यति खेर बिरेन आफ्नै दाजुको उपचारमा अस्पतालमा रहेको कारण प्रचार प्रसारमा समय दिन गार्हो भयकोले प्रदर्शन मिति पछि सारेको बताईयको छ। अब चलचित्र कहिले प्रदशन हुने भन्ने जानकारी सार्बजनिक गरियको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.