भृकुटीलाई दर्शकको राम्रो प्रतिक्रिया


सेलिब्रेटी नेपाल काठमाडौँ

राजधानीको पुरानोबानेश्वर बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा चैत्र ३ गते देखि मन्चन हुँदै आएको नाटक ’भृकुटी’लाइ दर्शकहरुले राम्रो प्रतिक्रिया मिलेको छ । चैत्र ३ गते बाट सुरु भएको नाटक दुइ दिन थप्दै चैत्र २१ बाट सकिएको छ । ‘दर्शकहरुको सार्थक उपस्थितीले हामी उत्साहित छौं’ नाटकका एक पात्र नमस्ते दिवाकर घिमिरे भन्छन ,‘कलाकारहरुले मेहेनत गरेअनुसारको प्रतिक्रिया दर्शकहरुबाट पाउन सफल भयौ’।नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा नाटककार सरुभक्त लिखित यो नाटक राष्ट्रिय विभूति भृकुटीको इतिहासमा आधारित छ । नाटकको निर्देशन पवित्रा खड्काले गरेकी हुन् ।

‘नारीवादी अभियानका अनेक गाथागायनपछि पनि अहिलेको एक्काइसौं शताब्दीमा नारीहरु यथार्थमा कति स्वतन्त्र छन् भन्ने प्रश्न गर्नुपर्ने अवस्थामा भृकुटीको तारकीय आलोकको महिमा बुझ्नु सरल छैन’ भृकुटीको लेखकीयमा सरुभक्त भन्छन्, ‘त्यहीमाथि भृकुटीको सप्रमाण इतिहास शून्यप्राय रहेको स्थितीमा नाटकको रचनाको प्रयास मलाई चुनौतीपूर्ण लागेको हो’।

नाटकमा कोपिला ढकाल, हेमन तन्डुकार, राजन पङ्ेनी, केशबी ढकाल, अविशेक बोहोरा, नमस्ते दिवाकर घिमिरे, उषा चौधरी लगायतले अभिनय गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.