आगामी साता बाट अध्याय सुरु हुने



सेलेब्रेटी नेपाल पौष २२-नेपाली चलचित्रका दर्शक सातामै चारवटा चलचित्र रिलिजमा आए पनि गतिलो प्रस्तुतिको पर्खाइमा छन्। यो पर्खाइलाई पूरा गर्न आगामी शुक्रबारबाट अल नेपाल अध्याय रिलिज गरिने भएको छ।अध्यायले दर्शकको पर्खाई अनुसार नतिजा प्राप्त गर्ने हो कि होइन एक साता पछि थाहा हुनेछ चलचित्र निर्माण युनिट यो चलचित्रबाट निकै आशाबादी रहेको छ अध्याय तीन युवाको फरक कथाको चलचित्र भएको यसका निर्देशक प्रवीण स्याङ्बोले जानकारी गराए। ‘यो ती युवाको कथा हो, जो एउटै सोसाइटीका हुन्, तर सबैको ब्याक्ग्राउन्ड फरक छ र सबैजना आफ्नो प्रेमको खोजीका लागि संघर्ष गर्छन्’, निर्देशक स्याङ्बो भन्छन्– ‘अनि यो चलचित्र तिनै युवाको त्यो कथा हो, जो अहिलेको युवा पुस्ताले चलचित्रमा खोजिरहेका छन्। त्यस कारण पनि अध्याय यो समयको पर्खाइको चलचित्र बनेको छ।’
फाइब ब्रोज प्रोडक्सन प्रालि फ्रेन्ड्स इनटरटेनमेन्टको संयुक्त ब्यानरमा निर्मित यो चलचित्रमा निर्देशक स्याङ्बोकै लेखन छ भने यसलाई उमेश श्रेष्ठ, रामहरि अधिकारी र सुरेन्द्र शाहीले निर्माण गरेका छन्। रवीन्द्र शाही र दिनेश श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा ब्रम्हनाल र आशिष चित्रकारको संगीत, विपीन मल्ल र सुरज श्रेष्ठको सम्पादन रहेको छ। कर्मा, सुशील पाण्डे, आकाश मगर, सिम्पल खनाल, शान्ति गिरी, स्वस्तिका राजभण्डारी, अशोक रिजाल, अभय बराल र अंकिता बुढाथोकी मुख्य कलाकार रहेको चलचित्रमा उमेश गुरुङ खलपात्रमा छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.