सरोज खनाल पन्ध्र वर्ष पछि पुन नायक



सेलेब्रेटी नेपाल पौष २२- बिगत लामो समय देखि नेपाल बाहिर रहेका नायक सरोज खनाल उमेर ढल्किन लाग्दा पनि तन्नेरी संग रोमान्स गर्दै फेरि नेपाली सिनेमा जगतमा फर्केका छन् । चलचित्र मानवमा सरोज पन्ध्र वर्ष पछि पुन नायक को रुपमा आउंदै छन् ।नायक खनाल आफ्नो चलचित्र मानबको प्रमोसनको लागि यति खेर नेपाल आइ पुगेका छन्। मानवमा पोखरेली युवती श्वेता भट्टराईसँग सरोज खनाल ले अनस्क्रिन भरपुर रोमान्स गरेका छन्। नेपाल आएका अभिनेता सरोज खनाल अब चलचित्र मानबको प्रमोसन मा लाग्ने स्रोतले बताएको छ। चलचित्र मानव रिलिजको तयारीमा छ ।