रजनीकान्तको चलचित्र ‘२.०’ को प्रोडक्सन युनिटद्वारा पत्रकारमाथि हमला


सेलिब्रेटी नेपाल काठमाडौँ
Shankar_S
सुपरस्टार रजनीकान्तको आगामी चलचित्र ‘२.०’ को सेटमा पत्रकारलाई दुव्र्यवहार गरिएको छ । यसका लागि निर्देशक एस शंकरले माफी मागेका छन् । चलचित्रको टिमले चेन्नईमा सुटिङका दौरान दुई फोटो पत्रकारमाथि आक्रमण गरेका थिए । स्थानीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै शंकरले यस्तो गल्ती नदोहोरिने बताएका छन् ।

उनले यसबारे जानकारी नभएको भन्दै माफी मागेका छन् । निर्देशकले माफी मागेपछि स्थानीय पत्रकारले प्रहरीमा दिएको उजुरी फिर्ता लिएका छन् । चलचित्रका प्रोडक्शन म्यानेजर, बाउन्सर र एस शंकरका भतिजाका विरुद्ध प्रहरीमा उजुरी दिइएको थियो । चलचित्रको सुटिङ चेन्नईको नजिकै रहेको त्रिप्लिकेनमा भइरहेको थियो ।

सुटिङका कारण बाटो बन्द गरिएको थियो, जसका कारण सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको थियो । जब फोटो पत्रकारले यी तस्बिर लिएर प्रोडक्सनलाई प्रश्न गरे, तब पत्रकारमाथि आक्रमण गरिएको थियो । यो घटनाका बेला रजनीकान्त भने सेटमा थिएनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.