‘रन अन गन’ भन्दै आए सविन राई, ‘लप्पन छप्पन’ को ओएसटी गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
sabin rai
नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन’ को ओएसटी ‘रन अन गन’ रिलिज भएको छ । सविन राईको स्वरमा रहेको ओएसटी चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा रिलिज भएको हो ।

‘द इलेक्टिस’ को एरेन्ज रहेको ओएसटीमा शब्द तथा संगीत दीपक आरजेको छ । गोल्डेन हिल्स पिक्चर्स र बासुलिङको प्रस्तुती चलचित्र ‘लप्पन छप्पन’ लाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् ।

यही चैत ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउने चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी लगायतका कलाकारले अभिनय गरेका छन् ।
बेल्जियम र नेपालका विभिन्न ठाउँमा छायांकन गरेको चलचित्र पैसाका पछाडी घुमेको ट्रेलरले संकेत गर्छ ।