सेलिब्रेटी नेपाल काठमाडौँ
सलमान खानको चलचित्र ‘ट्युबलाइट’सँग जोडिएको कुनै पनि खबर बाहिर आउने बित्तिकै उनका फ्यानमा खुसीको सञ्चार हुन्छ । चलचित्र यही वर्षको ईदमा रिलिज हुँदैछ । चलचित्र हेर्नलाई उनका फ्यान प्रतीक्षामा छन् ।
ट्वीटरमा ‘ट्युबलाइट’को ‘फस्र्ट लुक’ को जोडदार माग छ । सलमानका फ्यानको माग यति जबरजस्त छ कि ट्वीटरमा यो अपलोड भएको १३ मिनेटमै ट्रेन्ड सुरु भइसकेको छ । ट्वीटर ट्रेन्डमा सलमानको चलचित्र ‘ट्युबलाइट’को ‘फस्र्ट लुक’ दोस्रो नम्बरमा ट्रेन्ड सुरु भएको छ । यता उनका केही फ्यानले आफैँ पोस्टर बनाउन सुरु गरेका छन् ।