मलेसिया बाटै एल्बम निकाल्ने तरखरमा छन्, मिलन पुन


सेलिब्रेटी नेपाल काठमाडौँ
Milan pun
मलेसियाको पेनाङ स्थित एक गार्मेन्ट कम्पनीमा कार्यरत त्रीशक्ती नगरपालिका ११ धनौरा, कैलालीका स्थायी बासिन्दा मिलन पुनः मगर आजभन्दा करिब चार बर्ष अगाडि वैदेशिक रोजगारीको शिलशिलामा छिरेका हुन।

नेपाल देखिनै गायन क्षेत्रमा रुचि भएका मिलनले नेपालमा विभिन्न महोत्सव तथा कार्यक्रममा गित गाउने गरेका बताउँछन् । प्रायजसो प्रमोद खरेलका गित गाउन र सुन्न मन पराउने मिलन मलेसियामा हुने विभिन्न कन्सर्ट र कार्यक्रममा आफ्नो गायन प्रस्तुत गरेर अहिले मलेसियामा एक चर्चित गायक बन्न पुगेका छ्न।

खाने मुखलाई जुङाले छेक्दैन भनेजस्तै मिलनको यो गायन कलाले गर्दा मलेसियामा पनि आफ्ना फ्यानहरु बटुल्न सफल भएका छन् र उक्त फ्यान तथा साथीहरूको आग्रह तथा सहयोगमा उनको पहिलो एल्बम “याद बनेर” लिएर छिटै बजारमा आउदैछ्न।

उक्त एल्बमको शिर्षक गीत सक्दिन म कहिले पनि मलेसियाको स्थानीय स्टुडियोमा रेकर्डिङ भएर मिक्सिङ को लागि नेपाल पठाएको मिलन ले बताए। उक्त गीतमा शब्द, सङीत भेशराज बस्नेत को रहेको छ भने स्वर मिलन पुनको रहेको छ।

नेपाल बाट सम्पूर्ण कार्य सकाएर गीत मलेसिया आउने बितिकै उक्त गीतको म्युजिक भिडियोको निर्माण गर्ने र मलेसियामा रहेकोे नेपाली कलाकार तथा स्वयं मिलनले अभिनय गर्ने योजना रहेको जनाए ।

एल्बमको भिडियो लगायत सम्पूर्ण कार्य सकेपछि एक कार्यक्रम आयोजना गरेर आफ्नो पहिलो एल्बमको बिमोचन मलेसियामा गर्ने जमर्को रहेको मिलन पुनः ले बताए ।
उहाँको यो एल्बमले सफलताको शिखर चुमोस, हाम्रो पनि शुभकामना ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.