रणवीर कपुर एक हप्ता जेल जाँदै, किन ?


सेलिब्रेटी नेपाल काठमाडौँ
ranbir-kapoor-15643411
संजय दत्तको बायोपिक फिल्मको १३ केजी तौल बढाएका रणवीर कपुरले एक हप्ता जेलमा बिताउने भएका छन्। राजकुमार हिरानी निर्देशित फिल्ममा रणवीर संजय दत्तको भूमिका निभाउँदैछन्।

भोपाल पुगेका रणवीर वास्तविक अनुभव लिनको लागि एक हप्ता त्यहाँको जेलमा बस्ने भएका हुन । अवैधानिक हतियार राखेको मुद्धामा संजय दत्तले वर्षौ पुने जेलमा सजाय कटाएका थिए।

संजयका पिता सुनिल दत्तको भुमिकाको लागि परेश रावलको नाम अगाडी सारिएको छ। संजय दत्तको पहिलो गर्लफ्रेन्डको भुमिका सोनम कपुरले अभिनय गर्नेछिन्।

संजय दत्तको आमाको भुमिका मनिषा कोइराला र अनुष्का शर्मा फिल्ममा एक पत्रकारको भुमिकामा देखिने छिन्। फिल्मको सुटिङ जनवरी देखि हुँदैछ।