‘बिजनेसम्यान’ बन्दै सलमान, यस्तो छ उनको तयारी !


सेलिब्रेटी नेपाल काठमाडौँ
salman-khan_ba0561a0-a0ac-11e5-94b5-bfaeb774c8f3
बलिउड स्टार सलमान खान फिल्म संगसंगै व्यावसाय तिर सक्रिय हुने भएका छन्। सलमानले छिट्टै नै स्मार्टफोन लन्च गर्ने तयारी गरेका छन्। स्मार्टफोन उद्योगको लागी सलमान ठूला व्यक्तिहरुसंग व्यापार सम्झौता गर्ने तयारीमा जुटेका छन् । सलमान अघिल्लो दुई वर्षदेखि मोबाइल बजारमा उत्रिने मनसायमा थिए।

‘विइङ ह्युमन’का मालिक समेत रहेका सलमानले आफ्नो कम्पनीको स्मार्टफोनको लागी ‘विइङ स्मार्ट’ ट्रेडमार्कमा हस्ताक्षर गरेका छन् । साथै उनले फोन उत्पादनको लागि चिनियाँ कम्पनी र फोनको सुरुवाती मोडल पनि चयन गरिसकेका छन् । यो स्मार्टफोन एन्ड्रोइड अपरेटिङ सिस्टमको हुनेछ। यसलाई ८० हजार भन्दा कम मूल्यमा बजारमा उतारिने छ। फोनको सुरुवाती ब्रिक्री अनलाइनमार्फत गरिनेछ।

फोन विक्रीबाट कमाएको रकम सलमानले सामाजिक कार्यमा लगाउने बताइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.