गीतकार चन्द्रज्योती आलेको “गुनासो” सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
gunaso
गीतकार चन्द्रज्योती आलेको गीती एल्बम “गुनासो” सार्वजनिक भएको छ । राजधानीमा एक समारोहको आयोजना गरी एल्बम “गुनासो” सार्वजनिक गरिएको हो ।

६ वटा गीत समावेश एल्बममा राजकुमार बगरको एकल संगीत रहेको छ । विमोचन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं गीतकार कृष्णहरि बरालले गीतकार चन्द्रज्योती आलेको लेखनप्रति आफु पनि लोभिएको बताए ।

स्मृति अक्षयकोष स्थापना गर्ने उद्देश्यले सार्वजनिक एल्बमको विमोचन समारोहमा संगीतकर्मीहरुको बाक्लो उपस्थिति थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.