नेपाली कलाकारले गरे म्यान्मारमा सांगीतिक धमाका


सेलिब्रेटी नेपाल
शिरोमणि दवाडी,बर्मा
Ananda karki
अखिल म्यान्मादेशिय गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मार (बर्मा)का विभिन्न स्थानमा आयोजित कार्यक्रममा नेपाली कलाकारहरूले आफ्नो प्रस्तुतिबाट दर्शकको मन निकै राम्ररी जितेका छन् ।
Program 1
पहिलो चरणमा शांखाइमा रहेको शिव धाममा शिवरात्रीको उपलक्ष्यमा आयोजित तीन दिने मेलामा उपस्थित भक्तजनहरूलाई मनोरञ्जन दिन आयोजना गरिएको सांगीतिक कार्यक्रममा लगभग पाँच लाख दर्शक बिच नेपाली कलाकार टोलीले नेपाली गीत,हास्य प्रस्तुतिका साथमा नृत्य प्रस्तुत गरेका थिए।

गायक आनन्द कार्की,श्रीकृष्ण लुइँटेल,गायिका प्राश्ना शाक्य र हास्य कलाकार तथा उद्घोषक शिरोमणि दवाडीले प्रस्तुती दिएका हुन।म्यान्मारमा पहिलो पटक पुगेका गायक कार्की र गायिका शाक्यका सुमधुर नेपाली तथा हिन्दी गीतहरूले उपस्थित दर्शकलाई सांगीतिक मनोरञ्जन दिएको थियो ।
Program 2
नेपाली कलाकारलाई समन्वय गर्नुहुने थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले कार्यक्रम सफल रहेकोमा सबैले गर्व गरेको बताउनुभयो।

नेपाली कलाकार टिमको स्वागतका लागि आयोजक संस्था अखिल म्यान्मादेशिय गोर्खा हिन्दू धार्मिक संघको सांस्कृतिक विभागले नेपाली सांस्कृतिक झांकी,गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

बर्मामा कृयाशिल हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको एक मात्र छाता संस्थाका रूपमा रहेको यस संघका अधिनमा देशभर ३६ शाखा छन भने ३६० मन्दीर रहेका छ्न ।बर्मामा लगभग अढाइ लाख नेपालभाषी बस्दै आएका छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.