महिला हिंसाको कथा बोक्दै मैना फागुन चार बाट आउने भईन



सेलेब्रेटी नेपाल पौष १९–२०६० फागुन ७ मा १५ जना सैनिकले पक्राउ गरि पाँचखालस्थित ब्यारेकभित्रै चरम यातना दिएर बलत्कार पश्चात हत्या गरिएकी काभ्रे खरेलथोककी १५ बर्षिया मैना सुनुवारको घटनालाई मुख्य बिषय बनाएर चलचित्र मैना तयार पारिएको छ । यो चलचित्रको निर्देशन केपी पाठकले गरेका हुन् । उनी भन्छन्, ‘मेरो चलचित्रले महिला हिंसाको बारेमा आवाज उठाएको छ । आशा छ यो चलचित्रले आम जनमानसमा एउटा चेतना प्रवाह गर्नेछ । महिला हिंसाको आवाज बोक्दै चलचित्र मैना आगामी फागुन ४ गते रिलिज हुने क्रममा रहेको छ । यो चलचित्रले बलत्कारको यथार्थ घटनालाई प्रस्तुत गरेको छ ।चलचित्रमा अनिता केसीले मैनाको भुमिका निर्वाह गरेकी छिन् । अनिताको साथमा गोविन्द प्रभात, राधा श्रेष्ठ, सौरभ चौलागाई लगायतले अभिनय गरेका छन् । द्वन्द्वको तत्कालीन परिवेश र पृष्ठभूमिमा आधारित मैनाको कथालाई पटकथामा ढाल्न लेखक नयनराज पाण्डेले साथ दिएका छन् । केपी पाठक, जीवनाथ सुवेदी र तेजनारायण सापकोटाले निर्माण गरेको चलचित्रमा रामेशको संगीत, कुमार महर्जनको द्वन्द र जीवनाथ सुवेदीको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.