नेपाली सिने कर्मी हरुले बुझ्नै पर्ने कुरा


लेखक राजाराम फुंयाल(प्रकाशक/सम्पादक ग्ल्यामर प्लस)

राम्रो चलचित्र भित्र के के अटाउनु पर्छ भन्ने प्रश्नले पक्कै पनि एकनाश को उत्तर पाउने गर्दैन । श्रब्य दृश्य माध्यमले प्रयोगलाई समेट्न सक्ने बिशाल दायराका आधारमा यसको निश्चित फ्रेम हुँदैन । नेपाली चलचित्र किन राम्रा हुँदैनन् भन्ने प्रश्नको एउटा उत्तर छ,यस क्षेत्र मा लागेका हरुले यो माध्यमको शक्ति बुझेकै छैनन् । पटकथाकारको कल्पना शक्ति, निर्देशकको सृजनशीलता,कलाकारमा ब्यबसयिकता अनि प्राबिधिक हरुको दक्ष्यता जस्ता थुप्रै विधा नेपाली चलचित्र उद्योगमा दाउमा छन् । यस्तो बेला सुक्ष्म अध्यन गरेर पुर्बाधार बिकाश बाटै सुधार नगर्दा राम्रो चलचित्रको कल्पना मात्रै हुन्छ ।

चलचित्र व्यापार हो जसले राम्रो उत्पादन गर्छ उसको समान बिक्रि हुन्छ राम्रो उत्पादन भयन भने घाटा लाग्छ । यति भई सके पछि पनि रहर लाग्छ भने चलचित्र निर्माण गर्दा हुन्छ,लाग्दैन भने मैदान खाली पार्नु  पर्छ पार्नु  हामीले धेरै चिज स्वदेशमा उत्पादन गर्न सकेका छैनौ त्यसम एउटा नाम थपियो भने केहि फरक पर्दैन जहाँ संस्कृतिको कुरा छ एकाध छाडेर कुन चाहिं नेपाली चलचित्रले सांस्कृतिक व्यापार गरेको छ ?अर्काको चलचित्रको नक्कल गर्नेहरुलाई पोस्नु भन्दा अर्काकै चलचित्र हेरेर रमाउनु उत्तम हुन्छ ।

नेपाली चलचित्रको निर्माण क्रममा ब्रिद्दि हुँदै गयको देख्दा अझ भनौ अहिले जुन गतिले चलचित्रहरुको निर्माण मा तिब्रता आइरहेको छ त्यस बाट के अनुमान लगाउन सकिन्छ भने अब नेपाली चलचित्र जगतले बास्तबमा एउटा उद्योग को रुप लिसकेको छ । संख्यात्मक दृष्टिले चलचित्र निर्माण मा आयको ब्रिद्दि संगै यो क्षेत्र फस्टायको अनुभब भय पनि यो अझै सबल बन्न भने सकेको छैन । अधिकांस चलचित्र निर्माताहरु एउटा चलचित्र निर्माण गरि सके पछि अर्को चलचित्र निर्माण गर्ने साहस गर्दैनन् अथवा उनीहरु यस्तो साहस गर्नै सक्दैनन् तापनि आय आयआर्जनको दृष्टिले,भनिने र केहि व्यक्तिहरुको पलायन हुने क्रमजारी रहंदा पनि यस क्षेत्रतर्फ आकर्षित हुने व्यक्तिहरुको संख्यामा भने कुनै प्रकारको कमि आयको छैन । अचम्म लाग्छ.. यस क्षेत्रमा उज्जवल भबिस्य वा जिबिको पार्जन नहुने देखेर नायक,नायिकाहरु र अन्य कलाकारहरु पनि बिस्तारै हराउदै गइ रहेको बेलामा पनि नबोदित चलचित्रकर्मीहरु यस क्षेत्रमा आकर्सित हुने क्रममा कुनै शिथिलता आयको देखिंदैन । ज्यादै प्रचार प्रसार हुने यस क्षेत्रको अवस्था चलचित्र निर्माण पक्षका दृष्टिले हेर्ने हो भने निकै राम्रो छ तर अहिलेको अबस्थामा चलचित्र क्षेत्रलाई सहि रुपमा प्रयोग गर्न जान्ने व्यक्ति हरुको निकै अभाब छ।

चलचित्र फाँटमा अनुभबहिन बिना अध्यनवाला व्यक्तिहरुको संख्या बढ्दै जानुले यस क्षेत्रले दिशा निर्धारित गर्न नसकेको हो यदि चलचित्र निर्माण गर्दा यथेस्ट फाइदा हुने भयको भय नेपालका स्थापित ब्यापारीहरुले अरु सबै काम छाडेर चलचित्र बनाउन मै ब्यस्त हुन्थे तर एउटा सफल चलचित्रले पनि आफ्नो लगानी ब्याज समेत उठाउन कम्तिमा तिन बर्षको समय लाग्छ । उत्कृस्ट बिषय बस्तुमा कम लागतमा सस्तो र राम्रो खालको चलचित्र निर्माण गर्ने हो भने चलचित्र निर्माण सफल ब्यबसाय पनि बन्न सक्छ । यो कुरालाई सम्पूर्ण चलचित्र निर्माता,निर्देशक,कलाकार अनि प्राबिधिकहरुले पनि गम्भीरतापुर्बक लिन सक्नु पर्छ ।