२० बर्षदेखि अलग-अलग बस्छन्, अमिताभ र जया


सेलिब्रेटी नेपाल काठमाडौँ
amitabh-and-jaya
बलिउडका महानायक अमिताभ बच्चन र उनी श्रीमती जया बच्चनको सम्बन्धबारे अमिताभका २० बर्षदेखिका घनिष्ट मित्र अमर सिंहले फेरि एक सनसनी खुलासा गरेका छन् । एक भारतीय मिडियालाई अन्तरवार्ता दिँदै अमरले विगत २० बर्षदेखि अमिताभ–जया अलग–अलग बस्ने गरेको बताएका छन् ।

अमिताभ मुम्बईको ‘प्रतीक्षा’ बंगला(घर)मा बस्छन् भने जया ‘जलसा’ बंगलमा बस्छिन् । यति मात्रै होइन, अभिषेक–ऐश्वर्या पनि आफ्नो आमा–बुबाबाट अलगै अर्को घरमा बस्न बाध्य भएका छन् । बच्चन परिवारमा केही ठिक नभएको अमरले खुलासा गरेका हुन ।

अलग रहन्छन् भन्ने आधार के छ ? भन्ने प्रश्नमा अमरले भने, ‘अमिताभ–जयाबीचको झगडा मैले गर्दा भएको भन्ने मान्छेहरुको आरोप छ, तर २० बर्षअघि जब मेरो अमिताभसँग भेट भएको थियो, त्यस समयमै जया–अमिताभ अलग बस्थे ।’

अमरले भने, ‘जयाले अमिताभका बुबा–आमालाई नराम्रो व्यवहार गर्थिन्, अमिताभकै अघि नराम्रो व्यवहार देखाउँथिन् जया, फेरि पनि चुप रहन्थे अमिताभ । आफ्नो बुबा–आमा बिरामी परेपछि अमिताभले आफूसँगै राख्न ‘प्रतिक्षा’ घरमा लगे । तर, जयाको आचरणलाई ध्यानमा राख्दै अमिताभले श्रीमती जयालाई अर्को घर दिए र अमिताभ श्रीमती बिनै बुबा–आमासँग बस्न थाले । बुबा–आमाको मृत्यु पश्चात् आज पनि अमिताभ ‘प्रतिक्षा’ घरमै बस्छन् ।’

बच्चन परिवारप्रति तपाईको यति वैरभाव किन ? भन्ने प्रश्नमा अमर सिंहले भन्छन्, ‘बर्षौसम्म अमिताभ मेरो घनिष्ट मित्र थिए, जबसम्म उनी मित्र थिए मैले खुब माया गरे, साथ दिए । तर, जब मलाई अमिताभको साँचो चरित्र थाहा भयो उनलाई एक पटक फर्केर हेरिन । मैले अमिताभको स्वाभाव देखेर जुन निर्णय लिए, आफ्नो जीवनबाट बेइमानीपनलाई निकाले जस्तो लाग्छ ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.