मृगौला पिडित सहयोगार्थ सांस्कृतिक कार्यक्रम सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ
sujan 3
कला र संस्कृतिको माध्यमबाट समाज परिवर्तनमा हाम्रो ध्यान, मृगौला पिडित विना श्रेष्ठको उपचारमा भर्याङ नाट्य मञ्च नेपालको अभियान भन्ने मुल नाराका आयोजित वृहत सांस्कृतिक कार्यक्रम २०७३ सम्पन्न भएको छ ।

कार्यक्रम खेटाङ क्षेत्र नं. २ का सांसाद विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
debesh
मृगौला पिडित बिना श्रेष्ठ उपचारको लागी सहयोग रकम उठाउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा नेपाली तारा सिजन ३ का उपविजेता देवेश राई, प्रताव दासलगायतका विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती सहित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आर्थिक सहयोग गर्नेहरुलाई प्रशंशा पत्र समेत प्रदान गरिएको थियो ।

राष्ट्रिय नाचघर जमलमा भएको कार्यक्रममा सयौको संख्यामा दर्शकको सहभागी रहेको आयोजक भर्याङ नाट्य मञ्च नेपाल सचिव एवं मृगौला पिडित बिना श्रेष्ठकी दाई सुजन श्रेष्ठले जानकारी दिनुभयो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.