अस्ट्रेलियामा राजेशपायलको म्युजिक भिडियो सुट



सेलेब्रिटी नेपाल पौष १८-सांगीतिक यात्रामा पछिल्लो पुस्ताका सबै भन्दा चर्चित गायक राजेश पायल राईले वर्ल्ड म्युजिक टुरको समापनका लागि अस्ट्रेलिया पुगेको अवसर छोप्दै आफनो प्रकाशोन्मुख नयाँ एल्बम दर्शन नमस्ते–२ को एक गीतको म्युजिक भिडियो छायांकन गराएका छन्।दीपेश श्रेष्ठद्वारा निर्देशित म्युजिक भिडियोमा त्यहाँका स्थानीय नेपाली मोडलका साथमा गायक स्वयंले समेत अभिनय गरेका छन्। दीपेश नेपालमा रहँदा हिट्स एफएमका आरजे थिए। दीपेश अहिले भने अस्ट्रेलियाबाट रड्डी झट्का डट कम चलाइरहेका छन्। अस्ट्रेलियामा सुट गरिएको यो भिडियो आफनो सांगीतिक करियमै सबैभन्दा राम्रो हुने तथा दर्शन नमस्ते आफना लागि महत्त्वाकांक्षी एल्बम भयको गायक राईले बताएका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.