छक्का पञ्जा पाइरेसी सुवेदी आत्महत्या प्रकरणमा छानविन गर्न माग


सेलिब्रेटी नेपाल काठमाडौँ
chhakka-panja-660x330
चलचित्र छक्का पञ्जा पाइरेसी पछि कृष्ण सुवेदीले आत्महत्या गरेको प्रकरणमा छानविन गर्न माग गरेको छ । उनको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएपछि छानविनको माग गरेको हो । २४ वर्षीय स्व. सुवेदीका दाइ हरिवंश सुवेदीले घटनाको सत्य तथ्य छानविनका लागि आयोगमा उजुरी दिएका हुन् ।

उजुरीमा आफ्ना सहोदर भाइ कृष्ण सुवेदीको पुस २८ गते साँझ ६ः३० बजे काठमाडौंको सिनामंगल, विजयचोकस्थित डेरामा खुला ढोका रहेको तथा माथिल्लो र तलको तल्लामा मानिस भए पनि बीचको तल्लामा झुन्डिएको अवस्थामा भेटिएको, २९ गते बिहान प्रहरी वृत्त गौशालामा किटानी गरी छानविन गरी पाउँ भनी जाहेरी दिएको उल्लेख गर्दै घटना हुनु अगाडि छक्का पञ्जाका निर्माता मध्येका एक तथा अभिनेता दीपकराज गिरीसहितको टिमले लिएर गएको उल्लेख गरेका छन् ।

५० लाख रुपियाँ र २ वर्ष जेलको धम्की दिई मानसिक तनाव दिएको तथा प्रमाणमा सुसाइड नोट, प्रहरीको सर्ज्मिन रिपोर्ट, पोस्टमार्टम रिपोर्टलगायत अन्य सम्बन्धित प्रमाणका कागजातहरु प्रहरी वृत्त गौशालामा रहेकाले सत्य तथ्य बुझेर आफ्ना भाइको ‘हत्या’ मा प्रेरित गर्नेलाई कारबाहीको माग गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.