निशा मिस बन्दा प्रिन्सिपल देखि पिउन सम्म भुतुक्कै


सेलिब्रेटी नेपाल काठमाडौँ
Nisha-adhikari
कमेडी जनरामा निर्मण भएको चलचित्र ‘कुम्भ करण’को टिजर रिलिज गरिएको छ। टिजरमा नायिका नीशा अधिकारीलाई कुनै एक गाउँको स्कुलमा पढाउने टिचरको रुपमा देखाईएको छ। टिजरमा निशा संगै कलाकार गौरव पहारी, भोला सापकोटा, अभय बराललाई पनि देखाइएको छ। उनीहरु तिनै जना निशा मिसको रुप देखेर भुतुक्कै भएको टिजरमा हेर्न सकिन्छ।

आकाश पल इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो चलचित्रका निर्देशक दीपक वली हुन्। चलचित्रमा आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापा लगायतका कलाकारको पनि अभिनय रहेको छ। महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको यो चलचित्रमा सुरेन बसेलको नृत्य निर्देशन, हरि लामाको छायांकन, अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन छ। आकाश पलको प्रस्तुतीमा तयार भएको फिल्ममा क्षितिज बस्नेतको निर्माण, रोम वलीको सह निर्माण छ। चलचित्रको प्रदर्शन मिति भने सार्बजनिक गरिएको छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.